नियम
साथमा राख्न, लैजान वा प्रयोग गर्न नपाइने वस्तुहरू

संरक्षकको लिखित अनुमति नलिई कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेश गर्दा वा रहँदा वा नियम २० बमोजिम तोकिएको बाटोबाट हिंड्दा देहायका चीज वस्तुहरू साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउनेछैन:-

(क)     धनुषवाण, भाला, दर्जन, पासो, जाल, धराप, वा चोट पुर्‍याउन सक्ने वा गोली प्रयोग हुने जुनसुकै हातहतिहार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू,

(ख)   आखेटोपहार वा कुनै वन्यजन्तुका सुकेको वा आलो मासु ।

तर स्थानीय व्यक्ति र निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँको व्यक्तिले आफ्नो घरायसी कामको लागि खुकुरी, बन्चरो र यस्तै हातहतियार मात्र निकुञ्जभित्रबाट लैजान बाधा पर्नेछैन ।